PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बल्खु तरकारी बजारको भाउ तपाईँले किन्ने ठाउँको भन्दा कति महँगो या सस्तो?



पहिलोपोस्ट

बल्खु तरकारी बजारको भाउ तपाईँले किन्ने ठाउँको भन्दा कति महँगो या सस्तो?

काठमाडौं : तपाईँको भान्छामा तरकारी तथा सब्जी कसरी पुगिरहेको छ? नजिकैको पसलबाट लिनु भएको छ वा अरु कुनै विकल्प?

आज सरकारले लकडाउन घोषणा गरेको ४१ दिन। घरबाट ननिस्कन र पसलहरु बन्द हुँदा साँझ बिहान खाने तरकारीको जोहो गर्ने समस्या भएको छ। अनि मूल्य पनि के होला भन्ने छ। अहिले तरकारीको थोक बजारमा भने लकडाउन भएपछि खासै मूल्यमा फरक भएको पाइँदैन। अझ भनौं तरकारीको मूल्य सामान्य अवस्थाभन्दा ठूलो अन्तर छैन।

बल्खु तकारी बजारमा थोक तथा खुद्रा दुवैमा तरकारी किन्न पाइन्छ। अहिले तरकारी बजारमा सबैभन्दा धेरै भान्छामा प्रयोग हुने आलुको मूल्य ४० रुपैयाँ प्रतिकेजी छ। यदि तपाईँले त्यही आलु ४० केजी वा त्यसभन्दा माथि लिनुभयो भने ३२ देखि ३५ रुपैयाँमै पाउनुहुन्छ। त्यस्तै प्याजको मूल्य पनि आलुको जस्तै छ।

तरकारीमा प्रयोग हुने गोलभेडाको मूल्य केजीमा ३० रुपैयाँ देखि ४० रुपैयाँको बीचमा छ। आलु भने काभ्रेले धानिरहेको छ। पनौती, नाला, पाँचखालका फ्रेस आलु बजारमा पुगेका छन्।

लकडानउपछि केही समय आकासिएको कागतिको मूल्य पनि केही कमी आएको छ। चार सय रुपैयाँसम्म पुगेको एक केजी कागतीको मूल्य अहिले २ सय रुपैयाँमा पाइन्छ। त्यस्तै हरियो सिमी ३० रुपैयाँ केजीदेखि पाइन्छ। सेतो करेलाको मूल्य पनि ४० रुपैयाँदेखि ५० रुपैयाँमा पाइन्छ।

काँक्रो लकडाउनदेखि नै एउटै मूल्यमा बिक्री भइरहेको छ। लोकल काँक्रो ४० रुपैयाँ केजीदेखि ६० रुपैयाँसम्म छ। बन्दा,काउलीको मूल्य पनि ३० देखि ५० रुपैयाँ केजीसम्म छ। भिन्डी भने अरुभन्दा केही मँहगो देखिन्छ। ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म पर्छ यसको।

अचारको रुपमा प्रयोग हुने कोइरालो भने महँगो नै छ। किलोको १ सय ५० रुपैयाँ। यो मूल्य बल्खु तरकारी बजारको हो। तपाईँको भान्छासम्म पुगेको मूल्यमा कति फरक छ आफैं हिसाब गनुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell