PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउनको ४१ औं दिन : बिहानै ७ सय ८४ जना समातिए



पहिलोपोस्ट

लकडाउनको ४१ औं दिन : बिहानै ७ सय ८४ जना समातिए

काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको आज ४१ औं दिन।

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अहिले पनि उसैगरी कारबाही गरिरहेको छ। आज बिहानमात्र काठमाडौं उपत्यकाभित्र ७ सय ८४ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। जसमा १ सय ९६ जना महिला समेत रहेका छन्। उनीहरुलाई तीन घण्टासम्म सडकमा राखेर घर फर्काउने गरेको छ।

पछिल्लो केही दिनयता कारबाहीमा पर्नेको सङख्यामा केही कमी आएको छ। तर, अनुमति नलिई सवारी चलाएका कारबाहीमा पर्नेको सङ्ख्या भने बढेको देखिन्छ। आइतवार बिहान ८ बजेसम्म प्रहरीले २ सय ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेको हो। पछिल्लो पटक थपिएको समय वैशाख २५ गते सकिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell