PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आफूलाई कोरोना मुक्त बनाउने डाक्टरहरुको सम्मानमा बेलायतका प्रधानमन्त्रीले राखे छोराको नाम



पहिलोपोस्ट

आफूलाई कोरोना मुक्त बनाउने डाक्टरहरुको सम्मानमा बेलायतका प्रधानमन्त्रीले राखे छोराको नाम

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूमा कोरोना भाइरस संक्रमण देखिएदेखि उपचारको क्रमसँग जोडिएका अनुभवहरु सुनाएका छन्।

उनमा मार्च २६ मा कोरोना संक्रमण पुष्टि भएको थियो। लगत्तै लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनको स्वस्थ्य अवस्था सामान्य थिएन। त्यसैले अस्पताल पुर्‍याइएको दोस्रो दिन उनलाई आइसियूमा सारियो।

हाल भने संक्रमण मुक्त भएर काममा फर्किएका जोनसनले सनका लागि दिएको अन्तर्वातामा भनेका छन् - ‘अस्पतालमा हरेक क्षण त्यहाँबाट बाहिर निस्कने समय पर्खिएँ। मलाई बचाउन डाक्टरहरुले पनि निकै मिहेनत गरे।’

डाक्टरले आफ्नो स्वास्थ्य बिग्रदै जाँदा योजनावद्ध ढङ्गले काम गरेको बताएका छन्।

प्रधानमन्त्री अस्पतालबाट बाहिर निस्किएको केही दिनपछि उनी र उनकी पार्टनर क्यारी साइमन्ड्सले छोरा जन्माएकी छिन्।

यो दम्पत्तीले जोनसनको उपचरमा खटिएका डाक्टरको सम्मानस्वरुप आफ्नो सन्तानलाई तिनै डाक्टरको नाम दिएका छन्। उनीहरुले आफ्नो छोराको नाम विल्फ्रेन्ड लरी निकोलस जोनसन राखेका हुन्।

साइमन्ड्सले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै लेखेकी छन् - ‘हाम्रो छोराको दोस्रो मिडिल नाम ‘निकोलस’ डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नाममा राखिएको हो। उनीहरुले प्रधानमन्त्रीको ज्यान बचाएका हुन्।’

यी दुवै डाक्टरले यस सम्मानका लागि प्रधानमन्त्री दम्पत्तीलाई धन्यवाद व्यक्त गरेका छन्।

लेखेका छन्,'यसरी चिनिनुमा सम्मानित र विनम्र महसुस गरेका छौं। हामी कामना गर्छौं कि सबै बिरामीको ज्यान बचाउन सकौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell