PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

विदेशी भूमिमा कोरोनाका कारण ७३ नेपालीको मृत्यु



पहिलोपोस्ट

विदेशी भूमिमा कोरोनाका कारण ७३ नेपालीको मृत्यु

काठमाडौं : संसारभर महामारीको रुपमा फैलिएको कोभिड-१९ पान्डेमिकका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन। तर, रोजगारी तथा विभिन्न कामको शिलशिलामा विदेशमा पुगेका ७३ जना नेपालीको मृत्यु कोरोना भाइरसकै कारण भइसकेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

एनआरएनएको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवारसम्म संसारभर ७३ नेपाली मृत्य भएको हो। जसमध्ये सबैभन्दा बढी बेलायतमा भएको छ। बेलायतमा हालसम्म ४९ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ। त्यहाँ एक हजार जना बढी नेपालीहरु कोरोना भाइरसको संक्रमण भएको एनआरएनएले जनाएको छ।

त्यस्तै, संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय बढी नेपाली संक्रमित हुँदा मृत्यु हुने नेपालीको संख्या १५ छ।

कोरोना भाइरसकै कारण युएईमा पाँच जना नेपालीको मृत्यु भइसकेको छ। यहाँ १ सय नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

एनआरएनको तथ्यांक अनुसार हालसम्म विश्वभर पाँच हजार ५ हजार २ सय ४७ बढी नेपाली संक्रमित भइसकेका छन्।

खाडी मुलुकहरुमा संक्रमित नेपालीहरुको संख्या दुई हजार तीन सय बढी रहेको एनआरएनले जनाएको छ।

एनआरएनको तथ्यांक अनुसार हालसम्म विभिन्न २७ देशमा रहेका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बहराइनमा १ सय २६, युएइमा १ सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

त्यस्तै, युरोपेली मुलुकहरुमा पनि नेपालीहरु संक्रमित भएका छन्। पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साइप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १ र फ्रान्समा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनआरएनएको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell