A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69975765156cd6.38822674): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69975765156cd6.38822674,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6997576515aee4.91754157): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6997576515aee4.91754157,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेपालीको तथ्याङ्क संकलन गर्दै खाडी मुलुकका दूतावास : बहराइनमा १५७ जना नेपालीमा कोरोना भाइरस पुष्टि
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

नेपालीको तथ्याङ्क संकलन गर्दै खाडी मुलुकका दूतावास : बहराइनमा १५७ जना नेपालीमा कोरोना भाइरस पुष्टि



विधुर ढकाल

नेपालीको तथ्याङ्क संकलन गर्दै खाडी मुलुकका दूतावास : बहराइनमा १५७ जना नेपालीमा कोरोना भाइरस पुष्टि

काठमाडौं : कोरोना भाइरसको कारण खाडी मुलुकमा नेपालीहरु संक्रमित हुने संख्या बढ्दो छ।

अप्रिल महिनासम्म बहराइनमा मात्र एक सय ५७ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको मानमास्थित नेपाली दूतावासले जनाएको छ

यहाँ पछिल्लोपटक थप ३१ जना नेपालीमा संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या संख्या १५७ पुगेको दूतावासको तथ्यांकमा उल्लेख छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म बहराइनमा तीन हजार दुई सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यहाँ कोरोना भाइरसकै कारण ८ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, एक हजार पाँच सय ६८ जना उपचारपछि घर फर्किसकेका छन्। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बहराइनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षित रहन अनुरोध गरेको छ। दूतावासले त्यहाँ रहेका नेपालीहरुको अनलाइनबाट लगत संकलनसमेत सुरु गरेको छ। दूतावासले कोरोना भाइरसको कारण रोजगार संकटमा परेका तथा खान समस्या भएकाहरूको पहिचान गर्नका लागि भन्दै तथ्यांक संकलन गर्न सुरु गरेको हो।

'बहराइनमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा पर्न गएका समस्याहरू एकीकृत गरी सो समाधानार्थ सहजिकरण गर्ने प्रयासस्वरूप यस राजदूतावासले तयार गरेको फारम राजदूतावासको वेबसाइट वा यो लिङ्क मार्फत् सम्पूर्ण विवरण भरी सहयोग गरिदिन अनुरोध गर्दछ,' दुतावासले भनेको छ।

दूतावासले बहराइनमा अवैधानिक रुपमा कार्यरत नेपालीलाई सम्पर्कमा आउनसमेत अनुरोध गरेको छ। त्यहाँको लेवर मार्केट रेगुलेटरी अथ्योरिटी (एलएमआरए)ले अवैध कामदारलाई अप्रिल ७ गतेदेखि लागू हुने गरी डिसेम्बर ३० भित्र वैधानिक हुन वा बहराइन छाड्न मौका दिएको छ।

कोरोना भाइरस नियन्त्रणका लागि त्यहाँको सरकारले सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने तथा पाँच जना भन्दा बढी भेला हुन रोक लगाएको छ। त्यस्तै शैक्षिक संस्थाहरु, सलुन, सिनेमा घर, जिम, स्वमिङ पुलहरू प्रयोगमा रोक लगाएको छ। क्याफे, होटल, रेष्टुरेन्टबाट'टेक अवे' तथा डेलिभरी सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

यहाँ नियम पालना गरी क्वारेन्टाइनको अवज्ञा गर्नेलाई तीन महिना जेल सजाय वा एक हजार बहराइनी दिनार देखि १० हजारसम्म जरिवाना वा दुवै सजाय व्यवस्था गरेको छ।

त्यस्तै, नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुको अवस्था बुझ्न उनीहरुको आवासको भ्रमण गरेको छ। राजदूतावासका श्रम सहचारी दामोदर दाहाल तथा राजदूतका सचिव सेक्रेटरी शकिल अहमद शेखले अप्रिल २९ मा त्यहाँको अरादस्थित आवासमा स्थानान्तरण भएका नेपालीहरुको अवस्था बुझ्न स्थलगत भ्रमण गरेको दूतावासले जनाएको छ।

यता खाडी मुलुकमा रहेका नेपालीहरुको तथ्यांक संकलनका लागि त्यहाँस्थित नेपाली दूतावासहरु अनलाइन विवरण भर्न अनुरोध गर्न थालेका छन्। ओमानस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुको विवरण अनलाइनबाट संकलन गरिरहेको छ।

त्यस्तै युएईस्थित नेपाली दूतावासले पनि अनलाइनबाट नेपालीहरुको विवरण संकलन थालेको छ। अनलाइनबाट विवरण भर्न यहाँ क्लिक गर्न सकिने छ।

त्यस्तै इजरालयस्थित नेपाली दूतावासले पनि विवरण संकलन अनलाइनबाटै गरिरहेको छ। तेलहविवस्थित नेपाली दूतावासले इजरायल र साइप्रसस्थित नेपालीहरुलाई कोरोना भाइरसका कारण रोजगार गुमाइ नेपाल फर्किन चाहने नेपालीहरुको तथ्यांक संकलन थालेको हो।

दूतावासले फाराम भर्दाबित्तिकै नेपाल फर्कँन पाउने नभइ फाराम भरिसकेपछि तत्काल नेपाल फर्कँन चाहने नेपालीहरुको स्पष्ट संख्यासहित नेपाल सरकारसँग गरिने दूतावासले जनाएको छ।

दूतावासले इजरायल र साइप्रसबाट नेपाल फर्किन चाहने र त्यही रहनेहरुको विवरण संकलनका लागि छुट्टाछुट्टै फारम अनलाइनबाट संकलन गर्न थालेको हो।

नेपाल फर्किन चाहनेहरुले भर्नुपर्ने विवरणका लागि यहाँ क्लिक गर्नुहोस्।

ईजरायल तथा साईप्रसमा रहने नेपालीहरुले भर्नुपर्ने विवरणका लागि यहाँ क्लिक गरि फारम भर्नुहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell