PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

आजको मन्त्रिपरिषदले के गर्ला? संसदको अधिवेशन तोक्ने निर्णय होला?



पहिलोपोस्ट

आजको मन्त्रिपरिषदले के गर्ला? संसदको अधिवेशन तोक्ने निर्णय होला?

काठमाडौं : आज मन्त्रिपरिषद बैठकले के निर्णय गर्ने तयारी गरिरहेको छ? हिजोमात्रै नेकपा सचिवालय बैठकपछि नेकपाभित्रको राजनीतिक खिचातानी तत्कालका लागि सकिएकाले आज डाकिएको मन्त्रिपरिषद बैठक त्यसैसँग जोडिएको त छैन?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले हिजो सचिवालय बैठकमा सरकारले संसद अधिवेशनको तयारी गरिरहेको ब्रिफिङ गरेका थिए। जेठ १५ गते बजेट तथा त्यसअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने छ। त्यसका लागि बजेट अधिवेशन सुरु हुनुपर्छ।

केही दिनअघिमात्रै प्रधानमन्त्री ओलीले संसद भवनको अवलोकन गरेका थिए। दुरी कायम राखेर संसद सुरु गर्ने तयारी अनुरुप उनले अवलोकन गरेका थिए।

यी सबै आधारमा आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका विषयमा निर्णय गर्नसक्ने सम्भावना अधिक छ। त्यससँगै कोरोना संक्रमण र लकडाउनका विषयमा पनि छलफल हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell