PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

संसदको बर्खे अधिवेशन वैशाख २६ गते बोलाउने मन्त्रिपरिषदको निर्णय



पहिलोपोस्ट

संसदको बर्खे अधिवेशन वैशाख २६ गते बोलाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेश आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन्। जेठ १५ गते बजेट तथा त्यसअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्छ। त्यसका लागि बजेट अधिवेशन सुरु हुनुपर्छ।

केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए। सामाजिक दुरी कायम राखेर संसद सुरु गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell