PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

पाँच वर्षयता पहिलोपटक उत्तर कोरियाली सैनिकले दक्षिण कोरियातर्फ चलाए गोली, सीमामा गोली हानाहान



रासस

पाँच वर्षयता पहिलोपटक उत्तर कोरियाली सैनिकले दक्षिण कोरियातर्फ चलाए गोली, सीमामा गोली हानाहान
PHOTO : AP

सियोल: उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन्।

दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो। पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए।

जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको थियो। दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भए पनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो। सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो।

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ। एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell