वीरगंज : नारायणी अस्पताललाई जनरल अस्पताल बनाउनु पर्ने माग गर्दै नेपाली काँग्रेस पर्साले आईतवार वीरगंजमा प्रदर्शन गरेको छ। भौतिक दुरी कायम गर्दै लकडाउनबीच एक घण्टा कांग्रेसले धर्ना दिएको हो। अस्पतालदेखि विर्ता चोक सम्म ३-३ फिटको भौतिक दुरी कायम गर्दै धर्ना दिइएको थियो।
नारायणी अस्पताललाई केन्द्रीय सरकारले कोभिड अस्पताल बनाएपछि गरिब विपन्न जनता मारमा परेको भन्दै कांग्रेस पर्साले यसअघि सरोकारवाला निकायमा ज्ञापन बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको थियो। आफूहरुको मागको वेवस्ता गरेको भन्दै आइतबार अस्पताल अगाडि धर्नामा बस्न बाध्य भएको कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए।
धर्नामा सुरेन्द्र चौधर,जनार्दन क्षेत्री,राजेन्द्रबहादुर अमात्य,प्रदेश सासद राजेश्वर साह तेली,विजय सरार्फ,मोहम्द सहाबुद्दीन लगायत नेता सहभागि थिए।
वीरगंजमा नारायणी अस्पतालमा अहिले कोरोना संक्रमित र सर्पदंशबाहेक, ओपिडी, आकास्मिक, प्रसुतिलगायत सबै सेवा ठप्प छ। नारायणी अस्पतालमा यी सेवाहरु बन्द हुँदा वीरगंजका निजी अस्पताले गरिब विपन्न विरामीहरु चर्को मू्ल्य तिरेर उपचार गराउन बाध्य बनिरहेको भन्दै प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले बताए।