
कोरोना भाइरसको सन्त्रास र लकडाउनका बीच टेलिभिजन रियालिटी शो 'कौन बनेगा करोडपति' सुरु हुने भएको छ।
बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यो रियालिटी शोको १२ औं संस्करण मे ९ देखि सोनी टेलिभिजनबाट सुरु हुनेछ। सोनी टेलिभिजनले इन्स्टाग्राममा प्रोमो शेयर गर्दै यसको जानकारी दिएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण रोक्न मे १७ सम्म लकडाउन गरिएको छ। लकडाउनमा सुरक्षा सतर्कता अपनाउँदै शो सञ्चालन गर्न लागिएको सोनी टिभीले बताएको छ।
रियालिटी शोको प्रोमो समेत सोनी टेलिभिजनमा प्रशारण भइरहेको छ। प्रोमोमा अमिताभ बच्चनले चियादेखि रेलगाडीसम्म ब्रेक लागे पनि एक चिज सपनाको उडानमा कहिल्यै ब्रेक नलाग्ने भनेका छन्। 'सपनाको नयाँ उडान दिनका लागि मेरो प्रश्न र तपाईको उत्तरका साथमा केबीसी फेरि शुरू हुँदैछ। ९ मे राती ९ बजेदेखि नयाँ सिजनका लागि रजिस्ट्रेशन शुरू गरिनेछ,' अमिताभले भनेका छन्।
लकडाउनका कारण भारतमा मनोरन्जन क्षेत्र ठप्प रहेका बेला टेलिभिजन शो सञ्चालन हुन लागेको जनाइएको छ। अहिले कोरोनाका कारण संसारभर फिल्म, नाटक, खेलकुद, सभा सम्मेलन लगायतका कार्यक्रम स्थगित भएका छन्।
ji .. its coming back to you again soon https://t.co/rCQn2kFsOK
— Amitabh Bachchan (@SrBachchan) May 2, 2020