PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

आफ्नो क्षेत्रबाट वामदेवलाई चुनाव लडाउने चर्चापछि बोले पाल्पा १ का सांसद राना : एकता विरोधी षड्यन्त्र



पहिलोपोस्ट

आफ्नो क्षेत्रबाट वामदेवलाई चुनाव लडाउने चर्चापछि बोले पाल्पा १ का सांसद राना : एकता विरोधी षड्यन्त्र

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको शनिवारको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको सांसद बनाउने निर्णय गर्‍यो। सचिवालय सदस्यहरुले औपचारिक रुपमा निर्णय सार्वजनिक नगरे पनि अनौपचारिक रुपमा सञ्चार माध्यममा पाल्पा १ बाट उठाउनेबारे छलफल भएको बताएका छन्।

आफू निर्वाचित भएको क्षेत्रबाट वामदेवलाई उठाउने कुरा सञ्चारमाध्यमबाट थाहा पाएपछि नेकपाबाट पाल्पा १ का प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले मुख खोलेका छन्।

यो खबर सुनेलगत्तै शनिबार राती नै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वामदेव गौतमलाई आफ्नो क्षेत्रबाट चुनाव लडाउने समाचार झुठा भएको दावी गरेका छन्। रानाले गौतमलाई पाल्पा १ बाट चुनाव लडाउने विषयमा कुनै छलफल नै नभएको उल्लेख गरेका छन्।

उनले वामदेवलाई आफ्नो चुनाव क्षेत्रमा लडाउने विषयको समाचार षडयन्त्रपूर्वक आएको पनि स्पष्टिकरण दिएका छन्।

'वामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता विरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,' उनले लेखका छन्।

शनिबारको सचिवालय बैठकले वामदेवलाई प्रतिनिधिसभामा लिन पहल गर्ने निर्णय गरेको थियो। उनलाई पाल्पा १ मा उपचुनाव गराएर प्रतिनिधि सभामा लैजाने चर्चा चलेपछि सांसद रानाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक बिबादलाई आजको सचिबालयको बैठकमा सम्बन्धित नेताहरुले आत्मालोचना...

Posted by Dal Bahadur Rana on Saturday, May 2, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell