PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

एकैदिन थपिए दश कोरोना संक्रमित, नेपालगञ्जमा मात्र ९ जना थप



पहिलोपोस्ट

एकैदिन थपिए दश कोरोना संक्रमित, नेपालगञ्जमा मात्र ९ जना थप

काठमाडौँः कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। आइतबार एकैदिन दश जना संक्रमित थपिएका छन्। जसमा नेपालगञ्जका ९ जना रहेका छन्‍। संक्रमितमध्ये पाँच जना पुरुष चार जना महिला छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङका क्रममा नयाँ संक्रमित थपिएको जनाएको हो।

आइतबार नै वीरगंजमा एक जनामा संक्रमण पुष्टि भएको थियो।  

योसँगै संक्रमितको संखया ६९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell