काठमाडौँ : आइतबारसम्म १३ हजार ४१४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ। आरडीटीबाट ४९ हजार ६८८ को परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।
२४ घण्टामा १ हजार ४ सयको पीसीआर परिक्षण गर्दा नेपालगञ्जमा ९ जना र वीरगंजमा एक जना संक्रमित भेटिएका छन्।
मन्त्रालयका अनुसार २१ हजार ९५१ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ७७ जना छन्।