PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी



रासस

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी

अर्घाखाँची : भूमिकास्थान नगरपालिका वडा नम्बर–६ स्थित खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्।

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन्।

तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए। समस्या जटिल देखिएपछि बुटवल सिफारिस गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell