A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996c5ae4b6aa9.55247199): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996c5ae4b6aa9.55247199,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नारायणीबाट कोरोनामुक्त भई डिस्चार्ज गरिएका भारतीयको स्वाब रिपोर्ट सन्देहपूर्ण, पुन: ल्याइयो अस्पताल
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

नारायणीबाट कोरोनामुक्त भई डिस्चार्ज गरिएका भारतीयको स्वाब रिपोर्ट सन्देहपूर्ण, पुन: ल्याइयो अस्पताल



राधेश्याम पटेल

नारायणीबाट कोरोनामुक्त भई डिस्चार्ज गरिएका भारतीयको स्वाब रिपोर्ट सन्देहपूर्ण, पुन: ल्याइयो अस्पताल

वीरगंज : नारायणी अस्पताल वीरगंजबाट कोरोना मुक्त भई गत वैशाख १४ गते आइतवारका दिन डिस्चार्ज गरिएको भारतीय जमातीमध्ये एक जनालाई पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

डिस्चार्ज गरी ७ दिनभित्र संकलन गरिएको थ्रोट स्वाबको रिपोर्ट सन्देहपूर्ण देखिएपछि अस्पताल प्रशासनले प्रशासन लगाएर उनलाई वीरगंज–२ छपकैयामा रहेको तीन तल्ले भवनबाट उनलाई आइतवार दिउँसो १ बजे अस्पतालमा ल्याएर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए। यसअघि हेटौडा ल्याबको लागातार २ वटा रिपोर्ट नेगेटिभ आएपछि भारत दिल्लीका १ र उत्तर प्रदेशका २ जना गरी ३ जना भारतीयमा कोरोना संक्रमण देखिएको थियो।

उनीहरु मध्ये उत्तरप्रदेशका ४७ वर्षीय पुरुषमा फेरि कोरोनाको अशंकामा भर्ना गरिएको हो। डिस्चार्ज भएपछि नेपाल राष्ट्रिय मुस्लिम आयोगको निगरानीमा छपकैयाको तीन तल्ले भवनमा राखिएको हो। उनीहरु फागुन ३ गते सप्तरीको को धार्मिक सभामा सहभागी भएर मोरङ, सर्लाही, रौतहट, बारा हुर्दै वीरगंजको छपकैयामा रहेको मक्की जामे मस्जिदमा बसेको एक दिनपछि चैत ११ गतेदेखि वीरगंजमा लकडाउन शुरु भएको थियो। यसैसाथ, नारायणी अस्पतालमा सर्लाहीका १, रौतहटका ३, बाराका ३, पर्साका ४ (वीरगंज २ का १, वीरगंज ३ का २ र वीरगंज १६ ईनार्वाका १) र एक भारतीय गरी ११ जनालाई राखेर उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell