
युरोपमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित तीन देश फ्रान्स, इटली र स्पेनमा संक्रमितको मृत्युदरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा फ्रान्समा १ सय ३५, स्पेनमा १ सय ६४ र इटालीमा १ सय ७४ जनाको मृत्यु भएको हो।
उक्त दर मार्च पछिको सबैभन्दा कम दैनिक मृत्युदर भएको बीबीसीमा उल्लेख गरिएको छ।
रसियामा भने संक्रमितको संख्या बढ्दो छ। त्यहाँ १० हजार नयाँ संक्रमित देखिएका हुन्। हालसम्म रसियामा १ हजार २ सय ८० जना संक्रमितको निधन भएको छ।
बेलायतमा भने संक्रमितको मृत्युदर उच्च छ। अमेरिका र इटाली पछि सर्वाधिक संक्रमितको मृत्यु हुने देश हो यो। त्यहाँको सरकारी अधिकारीहरुले अस्पताल भर्ना हुने बिरामीहरुको संख्यामा कमी आएको बताए पनि थप ३ सय १५ जना संक्रमितको मृत्यु भएको छ।