PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

फ्रान्समा पहिलो 'केस' पुष्टि हुनुभन्दा एक महिना अघि देखिएका थिए संक्रमित



पहिलोपोस्ट

फ्रान्समा पहिलो 'केस' पुष्टि हुनुभन्दा एक महिना अघि देखिएका थिए संक्रमित
Christophe Ena/The Associated Press

फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्यामा कमी आएको छ। अस्पताल र केयर होममा गरेर पछिल्लो २४ घण्टामा १ सय ३५ जनाको मृत्यु भएको छ। उक्त संख्या मार्चयताकै सर्वाधिक थोरै हो।

त्यहाँ कोरोना संक्रमणको रोकथाम र नियन्‍त्रणका लागि भइरहेको अध्ययनबीच एक डाक्टरले फ्रान्समा पहिलो संक्रमण पुष्टि हुनुभन्दा एक महिनाअघि नै संक्रमण देखिएको बताएका छन्

पेरिसस्थित एक इन्टेन्सिभ केयर युनिटका प्रमुख वाइवेस कोहेनले फ्रान्समा सन् २०१९ को डिसेम्बर २७ मै संक्रमित रहेको दावी गरेका हुन्। यसअघि जनवरीको अन्तिममा मात्र त्यहाँ कोरोना संक्रमित भेटिएको पुष्टि भएको थियो।

स्थानीय बीएफएम टिभीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ – कोहेनको चिकित्सा टोलीले डिसेम्बरदेखि जनवरीसम्ममा स्वास प्रस्‍वासको समस्याका कारण अस्पताल आएका बिरामीको अवस्था पुन: अध्ययन गरेको हो। तीमध्ये धेरैमा 'फ्‍लु' नेगेटिभ देखिएको थियो र कोरोनाभाइरसको लक्षण मिल्दो अवस्था थियो।

उनले भनेका छन्, 'हामीले पटक पटक परीक्षण र अध्ययन गरेर यो निस्कर्ष निकालेका हौं।'

फ्रान्समा मेको ११ देखि लकडाउन हटाउने तयारी भइरहेको छ। त्यसपछि शैक्षिक संस्थाहरु खुला रहनेछ, बिना कुनै दस्तावेज मानिस निर्धारित दुरीको यात्रा तय गर्न पाउने छन् र अत्यावश्यक कारोबार पुन: सुरु हुनेछन्।

त्यसपछि इयू र ब्रिटेनबाट फ्रान्स भित्रनेहरुले क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell