PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

अमेरिकन आइडलको टप १० मा दिवेश पोख्रेल, भन्छन् : सपनाभन्दा परको कुरा



पहिलोपोस्ट

अमेरिकन आइडलको टप १० मा दिवेश पोख्रेल, भन्छन् : सपनाभन्दा परको कुरा

काठमाडौं : 'अमेरिकन आइडल'को १८ औं संस्करणका उत्कृष्ट १० प्रतियोगी घोषणा भएका छन्। जसमध्ये एक हुन् दिवेश पोख्रेल। नेपाली मुलका यी गायक मञ्चमा अर्थर गनको नामले चिनिन्छन्।

उनले सोमबार बिहान इन्स्टाग्राममार्फत् टम १० मा पर्नुको खुशी व्यक्त गरेका छन्। लेखेका छन्,'हामी उत्कृष्ट १० मा पर्‍यौं। सुरुवातदेखिको साथका लागि धन्य छु। विश्वभरबाट पाएको मायाका लागि कति खुशी भन्ने कुरा शब्दमा व्याख्या गर्न सक्दिँन।'

उनले विश्व चर्चित यस गायन रियालिटी शोमा यति अघिसम्म आउनुलाई 'सपनाहरुभन्दा परको विषय' मानेका छन्। नसुनिएका थुप्रै आवाजहरु बीच आफूले मञ्च पाउनु र आफ्नो आवाज रुचाइनुलाई उनले सबैको आशिर्वाद भएको समेत जनाएका छन्। 

उनले जोन डेनवेरको 'कन्ट्री रोड्स' गाएका थिए। अमेरिकन आइडलको आधिकारिक फेसबुक पेजमार्फत् पनि उनको गायकीको तारिफ गर्दै लेखिएको छ,'अर्थर गनले गाएरै हामीलाई कुनै कन्ट्री रोडसम्म पुर्‍याए।'

निर्णायकहरुले उनको गायनीको खुलेर तारिफ गरेका छन्। दिवेशले जवाफमा भनेका छन्,'यी प्रतिक्रियाहरुले मेरा लागि धेरै अर्थ राख्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell