PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

उपत्यका छिर्ने नाकामा थप कडाइ : सडकमा हिँड्ने ११ सय ३३ जना प्रहरीको 'होल्डिङ' एरियामा



पहिलोपोस्ट

उपत्यका छिर्ने नाकामा थप कडाइ : सडकमा हिँड्ने ११ सय ३३ जना प्रहरीको 'होल्डिङ' एरियामा

काठमाडौं : लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले धमाधम कारबाही गरिरहेको छ।

सोमवार बिहानै काठमाडौं उपत्यकाभित्र ११ सय ३३ जना प्रहरी कारवाहीमा परेका छन्। यसरी कारवाहीमा पर्नेमा २ सय ८६ जना महिला समेत रहेका छन्। उनीहरुलाई प्रहरीले सडकमा नै केही घण्टा राखेर घर फर्काउने गरेको छ।

सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेपछि प्रत्येक दिन २५ सय भन्दा बढी मानिस कारवाहीमा पर्ने गरेका छन्। उनीहरु विभिन्न बहाना बनाएर निस्किने गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, लकडाउनको समयमा जारी भएको सवारी पास नलिइ दौडिने सवारी समेत प्रहरीले नियन्त्रणम लिने गरेको छ। आज बिहान ८ बजेसम्म ६८ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, उपत्यकाभित्र छिर्ने नाकामा पनि थप कडाई गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell