PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रातिबाट काठमाडौं छिर्ने नाका ठप्प : सिडिओ कार्यालयबाट जारी पास भएका सवारी पनि रोकिए



पहिलोपोस्ट

रातिबाट काठमाडौं छिर्ने नाका ठप्प : सिडिओ कार्यालयबाट जारी पास भएका सवारी पनि रोकिए

काठमाडौं : आइतवार साँझबाट काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ।

नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यआवश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गरिएको हो।

'साँझबाट सीमा नाकामा थप कडाइ गरेका छौं। अत्यआवश्यक सवारी बाहेक कसैलाई छिर्न दिएको छैन,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

आइतवार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए। तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ। सिडिओ कार्यालयबाट जारी भएको पास भएका सवारीलाई छिर्न नदिएपछि सिडिओले प्रहरीलाई फोन गरेर गुनासो गर्ने गरेका छन्।

'हाम्रो पासलाई मान्यता नदिने भन्दै केही सिडिओ साबहरुको फोन आइरहेको छ,' एक प्रहरी अधिकृतले भने।

निजी सवारीमा बिरामी बोकेर आएकालाई भने विरामीको अवस्था र रिपोर्ट हेरेर छोड्ने गरेको छ। सोमवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख लगायतले नाका अवलोकन गरेर फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell