PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कोरोना भाइरसविरुद्धको 'भ्याक्सिन' यसै वर्ष तयार हुन्छ : डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

कोरोना भाइरसविरुद्धको 'भ्याक्सिन' यसै वर्ष तयार हुन्छ : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार हुने बताएका छन्। उनले फक्स न्यूजसँगको अन्तर्वातामा भ्याक्सिन तयार हुने बारे दावी गरेका हुन्।

भनेका छन्,'मलाई पूरा विश्‍वास छ कि यसै वर्षको अन्‍त्यसम्ममा हामीले भ्याक्‍सिन पाउने छौं।'

अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न बनाइएको भ्याक्सिन मानवीय परीक्षण गरेको एक महिना भइसकेको छ। सुरुवाती पुरीक्षण सुरक्षित रहेपनि प्रयोगमा ल्याउन सम्भव भइसकेको छैन। 'मेडिकल रेगुलेटर'हरुले उक्त भ्याक्‍सिन उत्पादन र प्रयोगका लागि अनुमति दिएका छैनन्।

विज्ञहरुले भने सन् २०२१ को बीचतिर मात्र खोप तयार हुने अनुमान गरेका छन्। तयार भएपछि पनि त्यसले काम गर्छ वा गर्दैन भन्ने कुरा निश्चित हुँदैन।

बीबीसीका अनुसार हालसम्म मानिसको शरीरमा चार किसिमका कोरोना भाइरस देखिएका छन्। सामान्य रुघा खोकी लाग्दा जस्तो लक्षण देखिए पनि यस भाइरसको असर धेरै हुन्छ। चारमध्ये कुनै पनि कोरोना भाइरस संक्रमणविरुद्ध भ्याक्सिन बनेका छैनन्।

ट्रम्पले भने कोभिड-१९ विरुद्धको भ्याक्सिन बन्ने दावी नै गरेका छन्।

उनले आउँदो सेप्टेम्बरदेखि अमेरिकाका स्कूल समेत सञ्चालनमा आउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell