PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

उच्चस्तरीय समितिको बैठक बस्दै



पहिलोपोस्ट

उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।

प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बैठमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने जानकारी दिए।

अपडेट : लकडाउन थपको तयारी : सुरक्षा निकायका प्रमुखहरुले बढाउन दिए सुझाव

कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। चरणबद्ध रुपमा थप गरिएको लकडाउन वैशाख २५ गते सकिँदैछ।

अब लकडाउनको अवधी बढाउने वा मोडालिटी परिवर्तन गर्ने भन्ने बहस पनि चलिरहेको छ। आजको बैठकमा सो विषयमा पनि छलफल हुनेछ। सरकारकारले लकडाउनका कारण नै कोरोना संक्रमण नियन्त्रण गर्न सकिएको दावी गर्दै आएको छ। हाल नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell