PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

पिठोको झोलामा पैसा राखेर बाँड्ने म होइन : आमिर खान



पहिलोपोस्ट

पिठोको झोलामा पैसा राखेर बाँड्ने म होइन : आमिर खान

अहिले सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल छ जसमा बलिउड अभिनेता आमिर खानले एक किलो पिठोको झोलामा १५ हजार रुपैयाँ हालेर दिएको जनाइएको छ। आमिरले भारतको दिल्लीको एक सुकुम्बासी बस्तीमा उक्त सेवा पुर्‍याएको जनाइएको थियो।

धेरैले आमिर खानलाई धन्यवाद व्यक्त गर्दै उक्त पोस्ट सेयर गरे। तर, आमिरले उक्त खबरको खण्डन गरेका छन्। उनले ट्वीटमार्फत् उक्त खबर गलत भएको बताएका हुन्।

लेखेका छन्,'साथीहरु त्यो पिठोको झोलामा पैसा राखेर सहयोग पुर्‍याउने व्यक्ति म होइन। त्यो कि त झुटो कथा हो या त्यसरी सहयोग पुर्‍याउने व्यक्ति चिनिन चाहँदैन।'

उनले ट्वीटमार्फत् सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell