PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओली भेट्न बालुवाटारमा



पहिलोपोस्ट

नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओली भेट्न बालुवाटारमा

काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

शनिबारको सचिवालय बैठकले पार्टीको कलह केही हदसम्म समाधान निकालेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता भएको हो।

शनिवारको सचिवालयले २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ। स्थायी कमिटी बैठकको तयारीका लागि २४ बैशाखमा पुन: सचिवालय बैठक बस्ने तय भएको छ।

दुई अध्यक्षबीच स्थायी कमिटी बैठक र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell