PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सांसद 'अपहरण'को आरोप लागेका तीन जनाले गरे बाबुराम भट्टराईविरुद्ध मानवअधिकार अयोगमा उजुरी



पहिलोपोस्ट

सांसद 'अपहरण'को आरोप लागेका तीन जनाले गरे बाबुराम भट्टराईविरुद्ध मानवअधिकार अयोगमा उजुरी

काठमाडौं : सांसद अपहरणको आरोप लागेका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

आफूहरुमाथि अपहरणको आरोप लगाउने सांसद डा. सुरेन्द्र यादव र समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतविरुद्ध आज सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले आयोगमा निवेदन दिएका हुन्।

समाजवादी पार्टीका नेताले जथाभावी बोलेर, दुस्प्रचार गरेर आफूहरुको मानव अधिकार हनन गरेको भन्दै आफूहरुले निवेदन दिएको पूर्वआइजीपी खनालले बताए। 'जथाभावी लाल्छना लाएर ह्युमन राइट्स हनन भयो भन्ने हो। अपहरण गरेको भन्ने नै हो भने नियन्त्रण त उनीहरुकै आङकाजी शेर्पा आएर लगेको देखिन्छ। उनीहरुसँग गएर बोली फेरेर दशथरी भनेको छ। सहमतिमै आउने र आएर बस्ने। अहिले उता गएर विभिन्न स्टन्ट गरे,' उनले भने।

खनालका अनुसार आयोगका पदाधिकारीले निवेदनलाई दर्ता गरेर निष्पक्ष छानविन गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell