PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सांसद यादवको अपहरण मुद्दा सरकारी वकिलको कार्यालयमा दर्ता



पहिलोपोस्ट

सांसद यादवको अपहरण मुद्दा सरकारी वकिलको कार्यालयमा दर्ता
वैशाख १६ गते सरकारी वकिलको कार्यालयमा पुगेका नेता/कार्यकर्ताको फाइल फोटो

काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमवार दर्ता गरेको छ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका यादवले सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका हुन्। उनको उजुरी दर्ता नम्बर १०४७ रहेको छ।

सरकारी वकिलको कार्यालयलले वैशाख १६ गते उनको उजुरी दर्ता गरेको थिएन। त्यसअघि महानगरीय प्रहरी कार्यालयले पनि यादवको अपहरणको जाहेरी लिन इन्कार गरेको थियो।

यादवले केही दिन अघि राष्ट्रिय मानव अधिकार आयोगमा निवदेन दिएका थिए। सांसद अपहरणको आरोप लागेका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले पनि आज मानव अधिकार आयोगमा मानहानीको 'काउन्टर' उजुरी दिएका छन्।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए। उनीहरुले अपहरण नभएको र आफूहरुको मानहानी भएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell