PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

संसदको महासचिवमा डा भरतराज गौतम



पहिलोपोस्ट

संसदको महासचिवमा डा भरतराज गौतम

काठमाडौं : संघीय संसदको महासचिवमा डाक्टर भरतराज गौतम सिफारिस भएका छन्। संसदको सचिव रहेका गौतमलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा सिफारिस गरेका हुन्।

२०७६ चैत ३ गते देखि मनोहरप्रसाद भट्टराईले अवकास पाएपछि महासचिव पद रिक्त थियो। हाल कार्यवाहकको जिम्मेवारी गोपालनाथ योगीलाई दिइएको छ।

संसदको बजेट अघिवेशन यही वैशाख २६ गतेबाट सुरु हुँदैछ। अधिवेशन अगावै नयाँ महासचिव सिफारिस भएका हुन्। महासचिवका सिफारिस गरिएका गौतम लामाचौर कास्कीका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell