PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना संक्रमितको मृत्युदर घटेसँगै खुकुलो बन्यो युरोपमा लकडाउन



पहिलोपोस्ट

कोरोना संक्रमितको मृत्युदर घटेसँगै खुकुलो बन्यो युरोपमा लकडाउन
Getty Images

कोरोना भाइरस संक्रमण फैलनु र संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढेपछि इटालीले लकडाउन घोषणा गरेको थियो। इटाली आम जनतालाई घरभित्रै बस्न निर्देशन दिने पहिलो राष्ट्र हो। 

दुई महिना लामो कडा लकडाउनपछि सोमबार बिहानदेखि इटालीमा केही चहलपहल देखियो। कारण – आइतबार संक्रमितको मृत्युदर दुई महिना यता सर्वाधिक कम हुनु। पछिल्लो तथ्याङ्क अनुसार आइतबार १ सय ७५ जना संक्रमितको मृत्यु भएको हो भने नयाँ संक्रमितको संख्यामा पनि कमी आएको छ।

प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले प्रभावित क्षेत्रहरुको अवस्था हेरी लकडाउन खुल्दै जानेछ। यो साता केही लचिलो बन्नु बारे भने,'हामीलाई केही राहत मिल्नुको अर्थ हामी ढुक्क हुन भने पाउँदैनौं।'

त्यहाँका मानिसहरुलाई सतर्क र सावधान रहेर आफन्तहरुसँग भेट्न, पार्कमा जान, बार र रेस्टुरेन्ट खोल्न अनुमति दिएको बीबीसीले जनाएको छ। कार्यस्थल र सार्वजनिक सवारी साधनमा फेस मास्क भने अनिवार्य बनाइएको छ।

त्यस्तै स्पेनमा हेयर ड्रेसरहरु खुला गरिएको छ। जर्मनीमा चिडियाखाना, संग्राहालय, सैलुन र शैक्षिक संस्थाहरु खुला गरिएको छ। अस्ट्रियामा पनि विद्यालय खुलेका छन्। हंगेरीमा भने विद्यालय खुला नभएपनि परीक्षा भने हुने भएको छ। त्यस्तै पोल्यान्डमा पनि होटल, पुस्तकालय र दैनिक उपभोग्न वस्तु उपलब्ध हुने पसल खुला रहने भएको छ। त्यहाँ भने हेयर ड्रेसर, पार्क र रेस्टुरेन्टहरु भने बन्दै रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell