PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना अपडेट: ६४ हजारको परीक्षण, थपिएनन् संक्रमित, नेपालगन्जका ३९ जनाको रिपोर्ट आउन बाँकी



पहिलोपोस्ट

कोरोना अपडेट: ६४ हजारको परीक्षण, थपिएनन् संक्रमित, नेपालगन्जका ३९ जनाको रिपोर्ट आउन बाँकी

काठमाडौं: सरकारले ६४ हजार बढीको कोरोना भाइरस परीक्षण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार सोमबारसम्म १३ हजार ६ सय ४० को पिसीआर परीक्षण गरिएको छ।

आरडिटीबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण गरिएको प्रवक्ता डा देवकोटाले बताए। उनका अनुसार १ हजार ३ सय ८२ जनाको पछिल्लो २४ घण्टामा कोरोना परीक्षण गरिएको छ।

प्रवक्ता श्रेष्ठले २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेको र १ सय ६ जना आइशोलेशनमा छन्। काठमाडौं उपत्यकामा आइशोलेशनमा बस्नेको संख्या घटदै गएको छ। उपत्यकामा १ जना मात्रै आइशोलेशनमा छन्। ३ सय २८ रेड जोनमा छन्।

उनीहरुलाई सम्भावित संक्रमितका रुपमा लिएर ट्रेसिङको कामा भइरहेको देवकोटाले बताए। उनका अनुसार हालसम्म ७५ जना संक्रमित पुगेका छन्। जसमा ५८ जना पुरुष र १७ जना महिला छन्। 

नेपालगन्जका ३९ जनाको रिपोर्ट आउन बाँकी

यता बाँकेका पहिलो संक्रमित मदरसाका शिक्षकको सम्पर्कमा रहेका ३९ जनाको रिपोर्ट आजै सार्वजनिक हुने बताइएको छ। शनिबार स्वाब संकलन गरिएका उनीहरुको भेरी अस्पतालमा पीसीआर परीक्षण भइरहेको छ। उनीहरुमध्ये ६० जनाको आइतबार रिपोर्ट आउँदा १५ जनामा संक्रमण देखिएको थियो। बाँकीको रिपोर्ट प्रेस ब्रिफिङमा सार्वजनिक गर्ने अनुमान गरिए पनि सार्वजनिक गरिएन।

भेरी अस्पताल स्रोतका अनुसार ३९ जनाको रिपोर्ट दिउँसो ३ बजेपछि आउनुपर्ने थियो। तर, अझै रिपोर्ट नआउँदा स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा सार्वजनिक गर्न पाएन। अब स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर रिपोर्टबारे जानकारी दिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell