PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

श्रीदेवी र इरफानको मृत्युमाथि मजाक गर्ने पत्रकारले मागे माफी



पहिलोपोस्ट

श्रीदेवी र इरफानको मृत्युमाथि मजाक गर्ने पत्रकारले मागे माफी

पाकिस्तानी अभिनेता अद्नान सिद्दिकीले बलिउडमा समेत काम गरेका छन्। उनले श्रीदेवी, इरफान खान लगायतसँग स्क्रिन सेयर गरेका छन्। अप्रिल २९ मा इरफान खानको निधन भएपछि अद्नान टिभी कार्यक्रम जिवे पाकिस्तानमा अतिथिका रुपमा प्रस्तुत भएका थिए। त्यहाँ प्रस्तोता आमिर लियाकत हुसैनले श्रीदेवी र इरफानको मृत्युलाई हाँसोको विषय बनाए।

उक्त कार्यक्रम एवं प्रस्तोताको विरोध भइरहेको छ। अद्नानले मे ३ तारिखमै आफू उपस्थित कार्यक्रमा भएको त्यस गल्तीका लागि ट्वीटमार्फत् माफी मागेका थिए। तर, प्रस्तोता स्वयं भने मौन रहे।

सोमवार भने प्रस्तोता आमिर लिकायतले पनि आफूले गरेको अपमानजनक मजाकका लागि माफी मागेका छन्। 

कार्यक्रममा उनले अभिनेता अद्नानलाई भनेका थिए – धन्न तपाइँले 'मर्दानी २' र 'जिस्म २' गर्न अस्वीकार गरेर रानी मुखर्जी र विपाशा बासुको ज्यान जोगाउनु भयो। नत्र पाकिस्तान बाहिर काम गरेको प्राय फिल्मका कलाकार मरेका छन्।

अद्नानले 'मम'मा श्रीदेवी र 'अ माइटी हार्ट'मा इरफानसँग काम गरेका छन्।

उनले गरेको मजाकमाथि कस्तो प्रतिक्रिया जनाउनु? अद्नान केहीबेर अलमल्ल परे। र भने,'यो मजाकको विषय होइन।'

आमिरले भिडियोमार्फत् यस विषयका लागि माफी मागेका हुन्। भनेका छन्,'कहिले काहीं केही बोल्दा आफू गलत हुँ जस्तो लाग्दैन। तर मैले आफ्नो गल्ती महसुस गरें। म यसका लागि माफी माग्न चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell