PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

दिल्लीमा खुला गरेपछि नेपालमा पनि मदिरा पसल खोल्न दिन उत्पादकहरुको माग



पहिलोपोस्ट

दिल्लीमा खुला गरेपछि नेपालमा पनि मदिरा पसल खोल्न दिन उत्पादकहरुको माग

काठमाडौं : लकडाउनले महिना दिनदेखि बन्द मदिरा पसल खोल्न व्यवसायीहरुले माग गरेका छन्।

भारतको राजधानी नयाँ दिल्ली लगायत केही राज्यहरुमा मदिरा पसल खोल्न अनुमति दिइएका बेला नेपालमा पनि पसल खोल्न दिन माग उठेको हो।

मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले स्वास्थ्य सुरक्षाका यथेष्ठ उपायहरु अवलम्बन गरि मदिराका बिक्री कक्षहरु खोल्न दिनुपर्ने माग गरेको छ। निश्चित समय तोकेर पसल खोल्न दिनुपर्ने संघले माग गरेको हो।

निरन्तरको बन्दाबन्दीले देशको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको भन्दै संघले खुद्रा पसल संचालन गर्नेहरुको जीविकोपार्जनमै समस्या परिसकेको उल्लेख गरेको छ। संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि पसल खोल्न दिन माग गरेको छ।

देशको कुल राजस्वमा करिब १७ प्रतिशत अर्थात एक खर्ब रुपैयाँ मदिरा उद्योगको योगदान छ। करिब दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको संघले जनाएको छ।

यो क्षेत्र बन्द भइरहँदा खर्बौको लगानी एवं लाखौको रोजगारी डुब्ने खतरा रहेको भन्दै संघले सीमित समय पसल खोल्न माग गरेको हो।

संघले पसलमा रहेको कतिपय मदिराहरु खराब हुने अवस्थामा पुगेको जनाएको छ। बियर र वाइन जस्ता मदिराजन्य वस्तुहरुको निश्चित उपभोग मिति हुने भन्दै संघले बिक्रीमा रोक लगाउँदा यसबाट सृजित हुने नोक्सानी अकल्पनीय हुने विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell