
काठमाडौँः गृह मन्त्रालयले सीमा सुरक्षा बढाउन 'बोर्डर आउट पोस्ट 'बिओपी' को संख्या बढाउने निर्णय गरेको छ।
गृहले सीमा नाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले खाका तयार पारेर सोमबार गृहमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो।
एक सय २१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेको। नेपालतर्फको सीमामा भारतका ५३० बिओपी रहेकोमा नेपालले पनि साही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो।
प्रस्ताव कार्यान्वयनका लागि ९ हजार जनशक्ति थप गर्नुपर्ने सशस्त्रको आकलन छ।
अहिले करिब १५ मिटरको दूरीमा बिओपी रहेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि भने साढे तीन किलोमिटरमा रहनेछ।
यसअघि सीमा क्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा थापाले मन्त्रालय सम्हालेपछि ठूलो संख्यामा थप गरिएको हो।
यसअघि बिओपीमा करिब ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सीमा सिल भएपछि ८ हजार ३८३ थप जनशक्ति सीमामा थपिएको हो।
गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।