PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

एसपीको पदस्थापनाः महाशाखामा बोगटी, ललितपुर परिसरमा कार्की

एसपीको पदस्थापनाः महाशाखामा बोगटी, ललितपुर परिसरमा कार्की

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः गृह मन्त्रालयले  प्रहरी उपरीक्षक (एसपी) को पदस्थापना गरेको छ। 

वैशाख १८ गते बढुवा भएका एसपीको पदस्यापना गरिएको छ। निर्णय अनुसार महानगरीय प्रहरी परिसर ललितपुरमा तुलबहादुर कार्कीलाई पठाइएको छ।  परिसरमा कार्यरत एसपी दुर्गा सिंह बढुवा भएपछि दरबन्दी खाली थियो। 

त्यस्तै एसपी होबिन्द्र बोगटी महानगरीय अपराध अनुसन्धान महाशाखामा पदस्थापना भएका छन्। एसपी प्रवीण धिताल लागूऔषध नियन्त्रण व्यूरोमा पदस्थापन भएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell