PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउनमा जारी सवारी पासमा कडाइ : एउटा जिल्लाबाट अर्को जिल्ला जानु परे सम्वन्धित जिल्लाको पनि सहमति लिनुपर्ने



पहिलोपोस्ट

लकडाउनमा जारी सवारी पासमा कडाइ : एउटा जिल्लाबाट अर्को जिल्ला जानु परे सम्वन्धित जिल्लाको पनि सहमति लिनुपर्ने

काठमाडौं : लकडाउनमा जिल्ला प्रशासनबाट जारी भएको सवारी पासको दुरुपयोग बढेपछि थप कडाइ गरिएको छ।

गृह मन्त्रालयले ७७ वटै जिल्लामा सूचना जारी गर्दै कडाइ गर्न निर्देशन दिएको छ। अब एउटा जिल्लाबाट जारी भएको पास लिएर अर्को जिल्लामा जान पाइने छैन। अत्यावश्यक कामले जानै पर्ने भएको खण्डमा सम्वन्धित जिल्ला प्रशासनले जान लागेको अर्को जिल्ला प्रशासनसँग समन्वय गरेर मात्र पास जारी गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र पासको दुरुपयोग गरेर एक जिल्लाबाट अर्को जिल्लामा जाने मानिसको सङख्या बढेकाले गृह मन्त्रालयले पास वितरण र अनुगमनमा कडाइ गर्न निर्देशन दिएको हो।

त्यस्तै काठमाडौं छिर्ने नाकामा पनि कडाइ गरिएको छ। अत्यावश्यका बाहेक जिल्लाले जारी गरेका पास भएका सवारी साधनलाई पनि प्रवेशमा कडाइ गरिएको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell