PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

काठमाडौं महानगरका प्रमुख र उपप्रमुखको एउटै स्वर : काठमाडौं बाहिरिने र भित्रिने क्रम रोकौं



पहिलोपोस्ट

काठमाडौं महानगरका प्रमुख र उपप्रमुखको एउटै स्वर : काठमाडौं बाहिरिने र भित्रिने क्रम रोकौं

काठमाडौं : कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै सरकारले लकडाउन गरेको ४२ दिन पूरा भइसकेको छ। यसबीच हजारौं मानिस काठमाडौं छोडेर गाउँ फर्किएका छन्। अझै फर्कने क्रम जारी नै छ। यसबीच केही दिनयता बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने मानिसहरुको संख्या पनि बढ्दै गएको छ।

काठमाडौं प्रवेश गर्ने नाकामा प्रहरीले मानिसहरुलाई रोकिरहेको खबर सार्वजनिक भएका छन्। कतिपय मानिस भने भित्रि बाटो हुँदै काठमाडौं प्रवेश गरिरहेका छन्। कोरोना भाइरसको संक्रमणको सङख्या बढी भएको प्रदेश १ र २ बाट मानिसहरु भित्रि रहेको छन्।

यसरी काठमाडौं भित्रिने मानिसहरुको संख्या बढेको खबरहरु सार्वजनिक भएपछि काठमाडौं महानगरले संघीय सरकारलाई काठमाडौंबाट मानिस बाहिरिने र भित्रिने गतिविधिमाथि रोक लगाउन माग गरेको छ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनको समयमा काठमाडौंमा आवतजावत हुने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन्। 'संक्रमण बढिरहेको अवस्थामा एक प्रदेशबाट अर्को र एक स्थानीय तहबाट अर्को तहमा आवगन हुँदा त्यसबाट संक्रमणको डर बढ्छ। त्यसलै काठमाडौंबाट बाहिरिने र भित्रिने मानिसहरुलाई अहिले नै रोक्नुपर्छ।'

महानगरका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले पनि काठमाडौं सुरक्षित रहेको भन्दै मानिसहरु भित्रिने क्रम बढेको सूचना पाएको भन्दै सीमा नाकामा कडा गर्नुपर्ने बताइन्।

'थानकोटबाट धेरै मानिस आइरहेको भन्ने कुरा छ। म भोलि नै यसको निरिक्षण गर्न जान्छु। यो समयमा हामीले काठमाडौंबाट बाहिरिने र भित्रिने क्रम रोक्नु पर्छ। नत्र संक्रमणको खतरा हुन्छ।'

हालको अवस्थामा काठमाडौंमा फर्किएका सबैलाई क्वारेन्टाइमा राख्न सम्भव भएको भन्दै दुवैले बाहिरबाट आवतजावत हुँदा संक्रमणको जटिलतल बढ्ने तर्फ ध्यानकर्षण गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell