
नयाँ दिल्ली : लगातार चौथो दिन पनि भारतमा कोरोना संक्रमितको संख्याले थप उचाई लिएको छ। सोमवार २ हजार ९ सय कोभिड-१९ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ४५ हजार पार गरेको छ।
महाराष्ट्रपछि तामिल नाडू एकैदिन धेरै संक्रमित भेटिएको राज्य बनेको छ, जहाँ सोमवार ५ सयभन्दा धेरै संक्रमितको केस फेला परेको हो।
भारतमा एकै दिनमा ९९ जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै उच्च हो।
भारतमा हिजोसम्म ४५ हजार ३ सय ५६ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण मर्नेको संख्या १ हजार ४ सय ९० पुगेको छ। १२ हजार ७ सय ६३ जना निको भएर फर्किएका छन्।
सबैभन्दा प्रभावित महाराष्ट्रमा १३ हजार ५ सय ४१ जना संक्रमित देखिएका छन् भने तामिनाडूमा ३ हजार ५ सय ५०। गुजरातमा यो संख्या ५ हजार ८ सय ४ पुगेको छ। दिल्लीमा यो संख्या ४ हजार ८ सय ९८ पुगेको छ। त्यसपछि राजस्थानमा ३ हजार ६१ संक्रमित संख्या पुगेको छ।
पछिल्लो ४ दिनमा मात्र भारतमा १० हजार ४ सय ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।