PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेपालगञ्जमा थप ७ जनालाई संक्रमण, नेपालमा अब कोरोनाका ८२ विरामी



पहिलोपोस्ट

नेपालगञ्जमा थप ७ जनालाई संक्रमण, नेपालमा अब कोरोनाका ८२ विरामी

काठमाडौं : बाँकेको नेपालगञ्जका थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भेरी अस्पतालमा पीसीआर परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस रिलिजमार्फत् जानकारी दिएका छन्।

जसमा ३ पुरुष र ४ महिला छन्।

नेपालगञ्ज महानगरपालिका ८ का २२, ३० र ४० वर्षका पुरुष तथा ९,३२,३४ र ५५ वर्षका महिला रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

यसअघि नेपालगञ्जमा १६ जना कोरोना संक्रमितको पहिचानपछि उपचार भइरहेको छ। आज थपिएपछि त्यहाँ कोरोना संक्रमितको संख्या २३ पुगेको छ। 

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने उदयपुरको भुल्केमा मात्र सबैभन्दा धेरै २८ जना संक्रमित फेला परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell