PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मास्क नलगाइ पसलमा छिर्न नदिँदा गार्डलाई नै गोली



पहिलोपोस्ट

मास्क नलगाइ पसलमा छिर्न नदिँदा गार्डलाई नै गोली

अमेरिकाको फिन्टमा एकै परिवारका तीन जनालाई हत्याको आरोपमा लागेको छ। ४५ वर्षीया सार्मेल टिग्यु, उनका २३ वर्षीय छोरा रामोन्या बिसप र ४४ वर्षीय श्रीमान ल्यारीलाई फ्यामेली डलर सपिङ स्टोरका सुरक्षाकर्मीको हत्याको आरोप लागेको हो।

सार्मेलकी छोरीलाई मास्क बीना सपिङ स्टोरमा छिर्न रोक लगाइएको थियो। उनीहरु स्टोरबाट फर्किएको केही समयमै रामोन्या र ल्यारी स्टोरमा पुगेका थिए। त्यहाँ उनीहरुले आफ्नो परिवारको अपमान गरेको आरोप लगाएका थिए। केहीबेरमै सुरक्षाकर्मीको टाउकोमा गोली प्रहार गरी भागेको बीबीसीमा जनाइएको छ

घटना भएको केही बेरमै सार्मेललाई प्रहरीले पक्राउ गर्‍यो। तर, घटनाका अन्य दुई आरोपित फरार छन्। उनीहरुलाई सुनियोजित हत्या र हतियार प्रयोगको आरोप लगाइएको छ।

मिसिगनका गभर्नर ग्रेटसेन व्हिटमरले राज्यका सबैलाई व्यवसायिक क्षेत्रमा मास्क लगाउन निर्देशन दिएका थिए। कसैले मास्क नलगाएको खण्डमा उनीहरुलाई निकाल्न सक्ने अधिकार पनि दिइएको थियो। त्यसैले ल्यारीविरुद्ध गर्भनरको निर्देशन विपरित काम गरेको आरोप समेत छ।

प्रहरीको अनुसन्धानमा सार्मेल स्टोरबाट निस्कनुअघि मुनर्लिनलाई गाली गर्दै थुकेर निस्किएकी थिइन्।

मिसिगनमा हालसम्म ४३ हजार ९ सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४ हजार १ सय ३५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell