PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

दूनियाँभर कोरोनाका कारण मर्नेको संख्या २ लाख ५० हजार कट्यो



पहिलोपोस्ट

दूनियाँभर कोरोनाका कारण मर्नेको संख्या २ लाख ५० हजार कट्यो
phmovement.org

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या साढे दुई लाख कटेको छ। जोन होप्किन्स युनिभर्सिटीका अनुसार सोमबारसम्ममा २ दाख ५० हजार १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिका छ। त्यहाँ ११ लाख ८० हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ। संक्रमणकै कारण ६८ हजार ९ सयको ज्यान गुमिसकेको छ। जसमध्य संक्रमित र मृतकको संख्या न्यूयोर्कमा सर्वाधिक छ।

त्यस्तै इटालीमा मात्र २९ हजार ७९ जना संक्रमितले ज्यान गुमाए। बेलायतमा २८ हजार ७ सय ३४ संक्रमितको मृत्यु भएको छ। अमेरिका पछि बढी प्रभावित युरोपकै स्पेन र फ्रान्समा क्रमश: २५ हजार ४ सय २८ र २५ हजार १ सय ६८ मरिसकेका छन्।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्यु हुनेको संख्या एक लाख कट्न सक्ने चेतावनी दिएका छन्।

हालसम्म विश्वभर ३५ लाख ८२ हजार ४ सय ६९ मानिसमा संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell