PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइयो, लकडाउनबारे प्रधानमन्त्रीलाई छलफलपछि ब्रिफिङ हुने



पहिलोपोस्ट

उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइयो, लकडाउनबारे प्रधानमन्त्रीलाई छलफलपछि ब्रिफिङ हुने

काठमाडौं : कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज दिउँसो ४ बजे बोलाइएको छ। सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई कसरी व्यवस्थित गर्ने र लकडाउन अवधि थप गर्ने विषमा छलफल गर्ने छ।

सोमवार बसेको समन्वय समितिको बैठकले लकडाउनको मोडालिटीको विषयमा छलफल गरेको थियो। सरकारले पछिल्लो समय थप गरेको लकडाउनको समय वैशाख २५ गते रातिबाट सकिँदैछ। आज बस्ने समन्वय समितिको बैठकले लकडाउन थप गर्ने विषयमा मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। सोमवार बसेको बैठकमा एक साता लकडाउन थप गर्ने छलफल भएको थियो।

बैठकपछि समन्वय समितिका नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको समितिका एक सदस्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell