PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

अस्कर विजेता टाइका वाइटिटीले 'स्टार वार्स'को फिल्म लेखन तथा निर्देशन गर्दै



पहिलोपोस्ट

अस्कर विजेता टाइका वाइटिटीले 'स्टार वार्स'को फिल्म लेखन तथा निर्देशन गर्दै
starwars.com

अस्कर अवार्ड विजेता फिल्मकर्मी टाइका वाइटिटीले नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। स्टार वार्सको फिचर फिल्मका लागि उनले सह-लेखन र निर्देशन गर्ने भएका हुन्।

वाइटिटीले यसै वर्ष अस्करमा फिल्म 'जोजो र्‍याबिट'का लागि बेस्ट एडप्टेड स्क्रिन प्ले अवार्ड जितेका थिए। फिल्म उत्कृत्ट फिल्म अवार्डका लागि मनोनित पनि भएको थियो।

उनले स्कटिस फिल्म लेखक क्रिस्टी विलसन- काइर्न्सकासँग सहकार्य गर्न लागेका हुन्। क्रिस्टी वार ड्रामा '१९१७' का लागि बेस्ट स्क्रिनप्लेका लागि अस्करमा मनोनित थिइन्।

स्टार वार्सको आधिकारिक वेबसाइटमा जनाए अनुसार फिल्मको नाम राखिएको छैन। तर, थिएटरमा प्रदर्शन गरिने भन्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell