PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

चन्द समूहका जिल्ला इन्चार्ज सहित दुई जना समातिए



पहिलोपोस्ट

चन्द समूहका जिल्ला इन्चार्ज सहित दुई जना समातिए

इलामः इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज सहित दुई कार्यकर्ता पक्राउ परेका छन्। नेपाल प्रहरीको विशेष सुचनाको आधार सशस्त्र प्रहरी समेतको टोलीले सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसमा लागि प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकीबम एक थान, पाइपमा फिट गरिएको बम एक थान, डेथकड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका विष्फोटक पदार्थ, चक्कु तथा दस्तावेज फेला पारिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell