PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नारायणकाजीको प्रश्न : पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ?



पहिलोपोस्ट

नारायणकाजीको प्रश्न : पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ?

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिवारको सचिवालय बैठकको निष्कर्षबाट कोही विचलित हुन नहुने बताएका छन्।

प्रवक्ता श्रेष्ठले ट्वीटरमार्फत् पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएको भन्दै त्यसबाट पछि हट्न नहुने तर्क गरेका हुन्।

श्रेष्ठले सोमवार राति मात्रै सचिवालय बैठकको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसंकट ल्याउने भन्दै यसमा अन्यथा हुनै नसक्ने दावी गरेका छन्।

उनी लेख्छन्, 'अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ। अत:अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन।'

मंगलवार पनि श्रेष्ठले ट्वीट गर्दै सचिवालय बैठकको निर्णयप्रति भाम्रक समाचार प्रसारित हुन थालेको आरोप लगाएका छन्। उनले पार्टीमा रडाको मच्चाउने योजनामा कोही सक्रिय भएको भन्दै सचेत हुन आग्रह पनि गरेका छन्।

'पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ? सचेत होऔं। २० गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं। अन्यथा नगरौं,' उनले ट्वीट गरेका छन्।

पछिल्लो समय नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो। गत शनिवार बसेको सचिवालय बैठकले त्यसलाई केही हदसम्म मत्थर बनाएको छ। तर, नेताहरु अझै गुटगत भेलामा व्यस्त छन्। अझै आन्तरिक विवाद साम्य नभएको कतिपय नेताहरुको निष्कर्ष छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell