PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बालुवाटरमा ओली र प्रचण्डबीच छलफल : स्थायी कमिटी बैठकको तयारीमा कुरा



पहिलोपोस्ट

बालुवाटरमा ओली र प्रचण्डबीच छलफल : स्थायी कमिटी बैठकको तयारीमा कुरा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।

मंगलवार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा स्थायी कमिटी बैठकबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

उनले भने, 'दुई अध्यक्षबीच स्थायी कमिटी बैठकको तयारीबारे छलफल भएको हो। बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कुराकानी भयो।'

ओली र प्रचण्डबीच सोमवार पनि छलफल भएको थियो। स्थायी कमिटी बैठकको तयारी गर्न भोलि सचिवालय बैठक बस्दैछ। गत शनिवार बसेको सचिवालयले २५ गते स्थायी कमिटी बैठकको बोलाएको छ।

स्थायी कमिटी बैठकको रणनीति बनाउन नेकपाका नेताहरु गुटगत भेलामा पनि व्यस्त छन्। शनिवारको सचिवालयअघि दुई अध्यक्षबीच २०७६ मंसिर ४ गते भएको कार्यविभाजनको सहमतिलाई थप प्रभावकारी ढंगले लागू गर्ने सहमति पनि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell