PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउन खुकुलो बनाएको इटालीलाई 'सेकेन्ड वेभ'को चुनौती



पहिलोपोस्ट

लकडाउन खुकुलो बनाएको इटालीलाई 'सेकेन्ड वेभ'को चुनौती
Reuters

एक अध्ययनले इटालीमा कोरोना भाइरस संक्रमण 'सेकेन्ड वेभ' पहिलोभन्दा बढी हुने बताएको छ। कोरोना संक्रमणको नयाँ 'केस' घट्नु र मृत्युदरमा कमी आएपछि इटालीमा जारी दुई महिना लामो लकडाउन केही खुकुलो पारिएको छ। तर, मानिसको चहलपलका कारण अझै धेरै मानिसलाई संक्रमण हुने र संक्रमितको मृत्युदर पहिलो चरणमा भन्दा बढ्ने चेतावनी दिइएको हो।

इम्‍पेरियल कलेज लन्डनले गरेको अध्ययनका अनुसार लकडाउन पूर्ण रुपमा खोलिनु इटालीका लागि चुनौतिपूर्ण रहन्छ। त्यहाँको सरकारले २० प्रतिशत मानिसलाई सामान्य दैनिकीमा फर्काउँदा पनि संक्रमण पुन: ह्वात्तै बढ्ने अध्ययनमा देखिएको छ।

लेखिएको छ,'तत्काललाई संक्रमण रोकिए पनि लकडाउन खोल्नु भनेको आफै चुनौतीमा हाम फाल्नु सरह हो।'

इटालीले लकडाउन घोषणा गर्ने पहिलो राष्ट्र हो।

दुई महिना लामो कडा लकडाउनपछि सोमबार बिहानदेखि इटालीमा केही चहलपहल देखियो। किनकि आइतबारदेखि त्यहाँको संक्रमितको मृत्युदर दुई महिना यता सर्वाधिक कम हुनु।

पछिल्लो तथ्याङ्क अनुसार इटालीमा २ लाख ११ हजार ९ सय ३८ मानिसमा संक्रमण देखिएको छ। २९ हजार ७९ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell