PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

विप्लव समूहका पोलिटव्यूरो सदस्य विरही पक्राउ



पहिलोपोस्ट

विप्लव समूहका पोलिटव्यूरो सदस्य विरही पक्राउ

काठमाडौँ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक पोलिटव्युरो सदस्य पक्राउ परेका छन्।

प्रहरीले पोलिटव्यूरो सदस्य अनिल शर्मा (विरही)लाई प्रहरीले पक्राउ गरेको हो। उनलाई चितवनबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उपचार गर्न अस्पताल गएको समयमा उनलाई पक्राउ गरिएको हो।

सोमबार मात्र इलामबाट प्रहरीले विप्लव समूहका जिल्ला इन्चार्ज सङ्खुवासभा घर पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell