खस्यौली: रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हिराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन्।
घरमा श्रेष्ठकी श्रीमती र छोरा छन्। त्यसैगरी खड्काका श्रीमान् र छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।
दुवै बुटवलमा बस्दै आएका थिए।