PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतबाट नेपाल छिरेको खाली ट्रक चेक गर्दा कार्टुनमा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ



पहिलोपोस्ट

भारतबाट नेपाल छिरेको खाली ट्रक चेक गर्दा कार्टुनमा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ

काठमाडौँ : लकडाउनको  समयमा भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको लाखौं भारतीय रुपैयाँ बरामद गरेको छ।

मोरङको रानी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा  १ करोड ९ लाख ७९ हजार रुपैयाँ  फेला पारेको हो।'शंका लागेर चेक गर्दा भारतिय नोट फेला परेको हो। थप अनुसन्धान भइरहेको छ।' सशस्त्र प्रहरी बलका डिआइजी प्रविनकुमार श्रेष्ठले भने।

उक्त ट्रक अत्यआवश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ। ट्रकमा भारतिय ५ सय दरका नोट भेटिएको हो। प्रहरीले ट्रकका चालक रविकुमार र सहचालक पप्पु कुमारलाई नियन्त्रणमा लिएको छ।

उनीहरुले प्रहरीसँगको प्रारम्‍भिक बयानमा नेपालबाट डाइपर लिएर  सिलगुडी जान लागेको बताएका छन्। ट्रक भारतको सुपौलबाट आएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell