PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

बाराको सीमा क्षेत्रमा भारतीय एसएसबी र स्थानीयबीच झडप



राधेश्याम पटेल

बाराको सीमा क्षेत्रमा भारतीय एसएसबी र स्थानीयबीच झडप

वीरगंज : बाराको विश्रामपुर गाउँपालिका-४ सँग जोडिएको भारतीय सीमामा तैनाथ एसएसबीका जवान र स्थानीयबीच मंगलवार बिहान कुटाकुट भएको छ।

सोमवार साँझ बलिरामपुरका स्थानीयले सीमा जोडिएको भारतको सहदेवा महदेवाका आफन्तलाई तरकारी पुर्‍याउन जाँदा विवाद सिर्जना भएको थियो। सो क्रममा केही युवाले एसएसबीका जवानसँग झगडा गरेका थिए।

सोही विषयलाई लिएर मंगलवार बिहान सीमाको दशगजामा रहेको खेतमा काम गरिरहेका विश्रामपुर-४ बलिरामपुरका छोटेलाल साहलाई भारतीय एसएसबीका जवानले कुटपिट गरेपछि तनाव बढेको थियो।

दुवै तर्फका स्थानीयहरू भेला भएपछि तनाव भएको र दुवै तर्फका सुरक्षाकर्मीले आआफ्नो क्षेत्रका मानिसलाई तितरबितर पारेपछि अहिले त्यहाँको अवस्था सामान्य भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell