PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

‘टेस्ट किट’को अभाव भएपछि हुम्लामा रोकियो कोरोना परीक्षण



रासस

‘टेस्ट किट’को अभाव भएपछि हुम्लामा रोकियो कोरोना परीक्षण

सिमकोट : हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागरिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोकिएको छ। जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ। अन्य ६ स्थानीय तहमा किट नहुँदा ठूलो संख्याका जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएकालाई परीक्षण गर्न किटको अभाव हुँदा कोरोना भाइरस परीक्षण रोकिएको हो।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कार्यालयसँग भएका सबै किटहरु सकिएका छन्। किट अभावमा परीक्षणको काम रोकिएको हो।  प्रदेश सरकारले पहिलो पटक पठाएका किट सबै सकिएपछि परीक्षणमा समस्या निम्तिएको छ। जिल्लाका सबै स्थानीय तहमा किट अभाव भएपछि कर्णाली प्रदेश सरकारसँग माग गरिएको प्रमुख सिंहले जानकारी दिए।

यही वैशाख १८ गतेयता पैदल मार्गबाट ७७४ जना र हवाई मार्गबाट ४८० जना हुम्ला भित्रिएका छन्। उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी  कोरोना भाइरस संक्रमण परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव भएपछि स्वास्थ्यकर्मी नै अन्योलमा छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell